ओ एस आर डिजिटल मार्फत सुगम गायक रामकृष्ण ढकालको आवाजमा रहेको गीत ‘अन्तिम पत्र’ सार्वजनिक भएको छ ।
विछोडको भावलाई समावेश गरिएको गीतमा नरेश लिङ्देङले संगीत भरेका छन् भने रोजी राईका शब्द छन् । यस्तै भिडियोलाई विष्णु अधिकारीले एरेन्ज गरेका हुन् ।
भिडियोमा चिरञ्जीवी अधिकारी, प्रियंका माझी, सौगात लगायतका कलाकारको अभिनय रहेको छ ।
त्यसैगरी भिडियोमा सन्तोष राना मगरको सम्पादन देख्न सकिन्छ भने चिरञ्जीवी अधिकारीको निर्देशन देख्न सकिन्छ ।