शैक्षिक गुणस्तर सुधारका लागि बेदकोट नगरपालीका– २ द्धारा निशुल्क अतिरित्त कक्षा सञ्चालन

Share post:

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालीका वडा नम्बर–२ ले शैक्षिक गुणस्तर सुधारका लागी अतिरीत्त कक्षा सञ्चालन गरेको छ ।

वडाको आर्थिक वर्ष २०७६/७७ को वजेट बाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागी अतिरीत्त कक्षा सञ्चालन गरीने भएको हो ।

सामुदायिक विद्यालयका विद्यार्थिहरुको शैक्षिक गुणस्तर सुधारका लागी कक्षा ८ र १० को अतिरीत्त कक्षा सञ्चालन गरीन लागिएको बेदकोट नगरपालीका –२ का वडाध्यक्ष नरेश सिंहले बताए ।

बेदकोटका नगरपालीका –२ स्थित वैजनाथ माध्यमीक विद्यालय, स्वरस्वती आधारभुत विद्यालय र सिद्धनाथ आधारभुत विद्यालयका कक्षा ८ र १० मा अध्यनरत विद्यार्थिहरुको शैक्षिक गुणस्तर सुधारका लागि निशुल्क अतिरीत्त कक्षा सञ्चालन गरीउको हो ।

कक्षा फागुन मसान्त सम्म सञ्चालन हुने वडाध्यक्ष सिंहले बताए । वडाकार्यालय तथा वडाध्यक्ष सिंहले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएका छन् ।

ताजा समाचार