सुदूरपश्चिममा तेस्रो पटक भारी हिमपात, राजमार्ग अवरुद्ध (फोटो फिचर)

Share post:

डडेल्धुरा–सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा यो हिउँदमा तेस्रो पटक भारी हिमपात भएको छ। बुधबार रातिदेखि बाक्लो हिउँ परिरहेको हो।

डडेल्धुरा सदरमुकामसहित उच्च पहाडी भेगमा हिमपात भएपछि यहाँ अत्यधिक चिसो बढेको छ। डडेल्धुरालगायत बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात भइरहेको छ।

Image may contain: outdoor and nature

हिमपातले एक्कासी चिसो बढेकाले विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा दैनिक श्रम र ज्यालादारीमा निर्भर मानिसहरु बढी प्रभावित भएका छन्।

हिउँ जम्‍न थालेपछि जनजीवन कष्टकर बन्दै गएको छ। तर, झरीसँगै हिमपात भएकोले किसानहरू भने चाहिँ खुशी भएका छन्।

मुख्य दुई राजमार्ग अवरुद्ध हिमपातले पहाडी साता जिल्ला बैतडी, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, दार्चुला र बझाङको सडक अवरुद्ध भएको छ।

No photo description available.

सुदूरपश्चिम प्रदेशको मुख्य राजमार्गका रूपमा रहेको भीमदत्त र दशरथचन्द राजमार्गमा सवारी आवागमन रोकिएको छ।

डडेल्धुराको भीमदत्त राजमार्गअन्र्तगत भर्ने सदरमुकाम अमरगढी भालुमारे, अमजमेरु गाउँपालिकाको अनारखोली बजार, गन्यापधुराको साहुँखर्क, हगुल्टे, मेलखर्कलगायतका स्थानमा भारी हिमपातका कारण प्रमुख सडकहरु नै अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख दधिराम न्यौपानेले जानकारी दिए।

उनका अनुसार बुधबार राति हिमपात सुरु हुनुभन्दा पहिले नै सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो। सवारीचालकहरुलाई सुरक्षित स्थान तथा बासस्थानमै साधन रोक्न लगाएपनि केही सवारीसाधन अगाडि गएकाले हिउँमा फसेका छन्।

Image result for सुदूरपश्चिममा हिमपात

अवरुद्ध सडक डोजरको प्रयोग गरि खुलाउने प्रयास सुरु भइसकेको डिएसपी न्यौपानेले जानकारी दिए। बिहान दुई बजेबाट सुरु भएको हिमपात अहिले पनि जारी छ। उता बैतडीको खोड्पे बजार, डोल्यामोट, सिरभाबर, मुस्याचोर, सतबाजलगायतका स्थानमा सडक बन्द छ।

Image result for सुदूरपश्चिममा हिमपात

यस्तै दार्चुलाको उत्तरी क्षेत्रमा अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, तिङ्करलगायतका ठाउँमा पनि हिमपात भएको छ। जिल्लाका विभिन्न क्षेत्रमा हिमपात जारी रहेको डोटी उद्योग वाणिज्य संघका महासचिव दीपकबहादुर खड्काले जानकारी दिएका छन्।

Image result for सुदूरपश्चिममा हिमपात

हिमपातका कारण चिसो बढेकाले बालबालिका तथा वृद्धवृद्धाको विशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीले बताएका छन्। चिसो बढ्दा बालबालिकामा निमोनिया र वृद्धवृद्धामा दम, श्वासप्रश्वाससम्बन्धी समस्या निम्तिने भएकाले तातो तथा झोलिलो खानेकुरा खान स्वास्थ्यकर्मीले सुझाएका छन्।

ताजा समाचार