महेन्द्रनगर । नेपाल सरकारले अंग्रेजी नँया वर्ष २०२० लाई नेपाल भम्रण वर्ष २०२० मनाईरहेको छ । गत साताको बुधवार देशका सबै जिल्लामा नेपाल भम्रण वर्ष २०२० को उद्धघाटनका साथै पर्यटक तथा पाहुनालाई भव्य स्वागत र सम्मान गरीएको छ ।
कञ्चनपुरका विभिन्न स्थानिय तहले पनि भम्रण वर्ष २०२० को भव्य स्वागत गरेका छन् ।
त्यस्तै बुधवार भ्रमण वर्ष २०२० को पहिलो दिन कञ्चनपुरको भीमदत्त नगरपालीकाले पश्चिमी नाका गड्डाचौकीमा भारत लगाएत तेस्रो मुलुकका पर्यटकहरुको भव्य स्वागत तथा सम्मान गरी भम्रण वर्ष २०२० को शुभारम्भ गरेको थियो ।
सुन्दर सुदूरपश्चिमको सुन्दर तराई जिल्ला कञ्चनपुरमा घुमफिर गरेर रमाइलो गर्नका लागि प्रशस्त ठाउँ रहेका छन् ।
भम्रण वर्ष २०२० मा यदि तपाई घुम्न जानका लागि कञ्चनपुरमा उपयुक्त ठाउँ खोजिरहनु भएको छ भने हामी केही प्रमुख गन्तव्यका बारेमा जानकारी गराउँछौं ।
१.एसियाको दोस्रो लामो दोधारा–चाँदनी झोलुङ्गे पुल
दोधारा चाँदनी पुल नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल हो भने एसियाको दोस्रो लामो । जुन कञ्चनपूर जिल्ला स्थित महाकाली नदीमा रहेको छ । यो पुलले कञ्चनपुलको दोधारा र चाँदनीलाई महेन्द्रनगरसंग जोडेको छ । बर्षेनी हजारौ स्थानिय र बाह्य पर्यटकहरु दोधारा चाँदनी पुलको अवलोकन गर्न आउने गरेका छन् । यो जिल्ला भरिमै आकर्षणको केन्द्रमा रहदै आएको छ । पर्यटकको आगमन दिनप्रति दिन बढ्दो छ ।यसले कञ्चनपुर जिल्लाकै महिमा बढाएको छ । कोही पर्यटकहरु पुलको अवलोकन गर्दै फोटोहरू लिदै रमाई रहेका देख्न सकिन्छ भने कोही पर्यटकहरु नदी किनारामा पौडी खेल्दै आनन्द लिईहेका हुन्छन ।
२.शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
यो राष्ट्रिय निकुन्ज सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लाको नेपाल–भारत सिमानामा दक्षिण पश्चिम कुनामा अवस्थित छ । महाकाली नदीको पुरानो बहाव क्षेत्र भएको कारण विकसित हुनआएका फाँटाहरू, धाप र सिमभूमि यस निकुन्जको प्रमुख विशेषता हो । निकुन्जका कारण नेपालको पश्चिमी तराईमा पाइने वन्यजन्तु तथा चराचुरुङ्गीहरूको बासस्थानको संरक्षण हुन पुगेको छ । यो निकुन्ज बाह्रसिंगाको लागि प्रसिद्ध छ । सन् २०१४ मा यस निकुन्जमा २ हजार३ सय १ बाह्रसिंगा गणना गरिएको छ । यो निकुन्ज जंगली हात्तीका लागि पनि उत्तिकै प्रख्यात छ । यहाँ करिब २०–२५ वटा जंगली हात्ती रहेका छन् । सन् २०१७ को गणना अनुसार यस निकुञ्जमा एकसिंङ्गे गैडाको संंख्या १६ वटा रहेको छ भने सन् २०१८ मा गरिएको गणना अनुसार यस निकुन्जमा बाघको संख्या १६ रहेको छ । निकुन्जको अधिकतम भाग सालको जंगलले ढाकिएको छ । बाँकी सिसौ र खयरको जंगल र घाँसे मैदान छ । जंगली हात्ती, पाटेबाघ, चितुवा, घोडगधा, बाह्रसिंगा, जरायो, चित्तल, लगुना जस्ता स्तनधारी जनावर यस निकुन्जका प्रमुख वन्यजन्तु हुन् । त्यस्तै रानी ताल तथा अन्य स–साना तालहरूमा मगर गोहीहरू प्रशस्त पाइन्छन् भने रैथाने र बसाई सरी आउने गरी ४२४ भन्दा बढी चराचुरुङ्गीहरू पाइन्छन् । वन्यजन्तु अवलोकनका लागि यो निकुन्ज स्वर्ग मानिन्छ । मध्यवर्ती क्षेत्रमा सहभागितामूलक संरक्षण, विकास र आयआर्जनका विभिन्न कार्यक्रमहरू संचालनमा रहेका छन् । निकुन्जभित्र रहेको बस्ती स्थानान्तरण गर्दाको जग्गा समस्या समाधान नहुनु र चरिचरण यस निकुन्जको प्रमुख समस्याको रूपमा रही आएको छ ।
३.झिलिमिला ताल
कञ्चनपुरको उत्तरी चुरे भेगमा रहेको ‘झिलिमिला ताल’लाई अनौठो तालका रूपमा लिइन्छ । जिल्ला सदरमुकाम महेन्द्रनगरदेखि २५ किलोमिटर दूरीमा झिलिमिला दिनमा तीनपटक रंग फेर्ने तालका रूपमा चिनिन्छ । दैवीशक्ति भएको पीठका रूपमा लिइने यो तालको दर्शनका लागि स्थानीय मात्र नभई भारतीय दर्शनार्थी पनि आउने गरेका छन् । घरमा अशान्ति, दुःख, कष्ट भएमा वा व्यापार घाटामा गएमा पनि तालमा पूजा गर्न आउनेको संख्या बढेको छ । समुद्री सतहदेखि ६ सय ८० मिटर उचाइमा रहेको तालको चारैतिर जंगल छ । प्राकृतिकरूपमै सफा रहने तालको पानी निकास हुने ठाउँ भने छैन ।
४. बेदकोट ताल
बेदकोट ताल कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका मा रहेको छ । यो ताल दैजी बजारबाट करिब ७ कि.मि. उत्तरमा रहेको छ । डडेल्धुरा र कञ्चनपूरको सिमा छुट्याउने चुरे पहाडको तल वेतकोट ताल रहेको छ। तालको नजिकै एउटा मन्दिर रहेको छ । जहाँ पुजा र दर्शन गर्नेहरूको घुईचो हुने गर्दछ । यो ताल उचित संरक्षण नपाउदा उच्च जोखिममा परेको छ । तालको गहिराई पनि पुरिदै जान थालेको छ । अहिले मन्दिर तथा ताल व्यवस्थापन समिति भने निर्माण गरिएको छ । जसले संकलन गर्ने रकमलाई यो क्षेत्रको संरक्षणमा लगाउने बताएको छ । यस्ता साँझा सम्पदाहरूको संरक्षण गर्न सबैको सहयोग अनिवार्य हुन्छ र सबैले हातेमालो गरेर अगाढी बढेमा यो क्षेत्रको सम्वर्द्धन हुनसक्छ । हरियाली चुरेपर्वतको फेदीमा सानदार अवस्थिती भएको यो तालको सुन्दरताले यहाँ आउने सबैको मन छुने गर्छ । वर्षेनी हजारौको संख्यामा मानिसहरू यो ठाँउ घुम्न आउने गर्छन । प्रकृतिको सुन्दरतासंग रम्दै शान्त मनले मन्दिरमा दर्शन पनि गर्न पाइने भएकाले यसको महत्व अझै बढाएको छ।राम्रो व्यावस्थापन संगै यो क्षेत्रको प्रवर्द्धन गर्न सके यो एउटा कञ्चनपुर जिल्लाकै आकर्षक गन्तव्य बन्न सक्नेछ ।
५.शिव लिङ्गेश्वर धाम, भम्का
कञ्चनपुरको बेदकोट नगरपालिका–४ चुरेको फेदीमैे शिवलिङ्गेश्वर (लिङ्गा)धाम रहेको छ । सानो खोलाको किनारामै विभिन्न माटोका अनौठा आकृति नियाल्नका लागि यहाँ आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । माटोका अनौठा आकृतिसँगै सेल्फी लिनका लागि पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन् । पर्यटकको सुविधाका लागि नगरपालिकाले सेल्फि प्वाइन्टको निर्माण गरेपछि यो क्षेत्र पर्यटकको आकर्षक गन्तव्य बन्न पुगेको छ । टाढाबाट लस्करै मन्दिरहरुको सहरजस्तो देखिने माटोका आकृतिलाई नजिक गएर नियाल्दा कुनै कलाकारले माटोको पहाडलाई चिरेर विभिन्न आकृतिमा खोलाको किनारामा प्रदर्शनका लागि राखेजस्तो देखिन्छ । ढुंगाले भरिएको पथरिलो सडकमा सवारीसाधन गुडाउँदै यस क्षेत्रको अवलोकनका लागि दैनिक दुई सय बढी आन्तरिक र बाह्य पर्यटकहरु पुग्ने गर्दछन् ।
६. बतासे झरना, झलारी
शुक्लाफाँटा नगरपालिका–८ धारापानीमा बतासे झरना अवस्थित रहेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण झरना पछिल्लो समय जिल्लाको पर्यटकीय स्थलमा रुपमा विकसित हुदै गएको छ ।