निर्मलाको न्यायिक आन्दोलनका घाइतेहरु ८ दिन देखी धर्नामा

विज्ञापन

Share post:

महेन्द्रनगर । बलात्कार पछि हत्या गरीएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको न्यायका लागी आन्दोलन गर्ने क्रममा घाईते भएकाहरु धर्नामा बसेको आज(बिहिवार)८ दिन पुरा भएको छ ।

धर्नामा बसेको ८ दिन पुरा हुदा पनि सरकार ले सुनवाई नगरेको घाईते चेतन भट्टले दैनिक सञ्चारलाई बताए ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडी विभिन्न माग सहित न्याय माग्ने क्रममा घाईते भएकाहरु ५ दिन देखी निरन्तर धर्ना बसीरहेका छन् ।

स्वर्गिय निर्मला पन्तलाई न्याय देऊ, घाईतेहरुको उपचार गर, निर्दोषलाई फसाउने काम बन्द गर, नेपाल सरकारले निर्णय गरेको घाईतेहरुको पूर्ण उपचार र अंगभंग भएकाहरुको जिविकोपार्जनको निर्णय तुरुन्त कार्यन्वयन गर भन्दै गत विहिवार देखी निरन्तर प्रशासन कार्यालयको प्रवेश द्धारमै घाईतेहरु धर्ना बसिरहेका छन् ।

निर्मलाको न्यायको लागी लड्दा घाईते भएका तथा घाईतेका आफन्तहरु कृत प्रशाद पनेरु, चेतन भट्ट, सुरेन्द्र देउवा, अर्जुन भण्डारा लगाएतका घाईतेहरु आफ्ना माग सहित ५ दिन देखी धर्नामा बसिरहेका छन् ।

हाल सम्म पनि आफ्ना मागप्रति प्रशासानले कुनै चासो नदेखाएको र जब सम्म माग पुरा हुदैन तब सम्म धर्ना बस्ने घाईते सुरेन्द्र भट्टले बताए ।

त्यस्तै उनिहरुलाई विभिन्न मानव अधिकारका क्षेत्रमा काम गर्ने संघसंस्था तथा समाजसेविहरुले पनि साथ दिईरहेका छन् ।
न्याय माग्ने क्रममा कञ्चनपुरमा एक जनाको मृत्यु र ६ जना घाईते भएका थिए ।

ताजा समाचार