स्काभेटर नदीमा खस्दा दुई बालकको मृत्यु

विज्ञापन

Share post:

काभ्रेको पनौती नगरपालिका ११ थुम्कीमा सडक बनाउन गएको स्काभेटर नदीमा खस्दा दुई बालकको मृत्यु भएको छ।

पाटीखर्कबाट ख्याकु जाने बाटो निर्माण गर्ने क्रममा नम्बर नखुलेको स्काभेटर पनौती ११ थुम्कीमा सडकबाट ३०० मिटर तल सलान्दु खोलामा खसेको प्रहरीले जनाएको छ। सो दुर्घटनामा २ बालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा पनौती नगरपालिका ११ का १४ वर्षीय राउत केसी र सिन्धुपाल्चोक घर भइ हाल पनौती ११ मा दिदीको घरमा बस्दै आएका अर्का बालक १५ वर्षीय रोशन भण्डारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्काभेटर चालक पनौती ७ का जीवन ताम्राकार गम्भीर घाइते भएका छन्। उनको मुख र हातमा चोट लागेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि धुलिखेल लगिएको प्रहरीले जनाएको छ।

ताजा समाचार