महाकाली आयुर्वेदिक औषधालयः ४ महिनामा झन्डै २४ सयले लिए सेवा

Share post:

महेनद्रनगर । पछिल्लो समय बिरामीहरु आयुर्वेदिक उपचारमा बढी विश्वास गर्ने गरेको पाईएको छ । केही समय पहिला मेडिकल उपचारमा विश्वास गर्नेहरु हाल आयुर्वेदिकमा विश्वास गर्ने गरेका छन् ।

धेरै रोगहरु को मेडिकल उपचारमा सम्भव नभए पछि आयुर्वेदिक उपचारले सन्चो भएको तथ्यहरु पनि पछिल्लो समय पाईन थालेका छन् ।

कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली आयुर्वेदिक औषधालयमा पनि दिनहु सेवाग्राही तथा बिरामीहरुको भिड लाग्ने गरेको छ । आयुर्वेदिक औषधालयले निशुल्क प्रदान गर्ने विरामी परिक्षण, औषधी वितरण,पञ्चकर्म सेवा लगाएत अन्य सेवाको लाभ लिनेको संख्या बढ्दै गएको छ ।

चालु आर्थिक वर्ष २०७६/०७७ को पहिलो चौमासिकमा मात्रै २ हजार ३ सय ८२ जना बिरामीले सेवा लिएको महाकाली आयुर्वेदिक औषधालय महेन्द्रनगरका कविराज तारा पाण्डेले बताए । गत आर्थिक वर्ष कार्यालयबाट ५ हजार ३ सय बिरामीले सेवा लगेका थिए ।

उनकाअनुसार बिरामीहरु हाल मेडिकल उपचार भन्दा आयुर्वेदिक उपचारको बढी विश्वास गर्ने गरेको र पछिल्लो समय कार्यालयबाट सेवा लिने सेवाग्राहीको संख्या पनि बढ्दै गएको छ ।

कार्यालयमा अल्मपित्त, बाथरोग, सुगर, उच्च रक्तचाप, पाईल्स लगाएतका बिरामी तथा सम्बन्धि रोगको औषधी लिनेको संख्या बढी रहेको कार्यालयका वरिष्ठ वैद्य दिर्घराज रावलले बताए ।

उनले भने ‘हाल आयुर्वेदिक सेवा लिनेको संख्या बढेको र यो कार्यालबाट दैनिक ५० जना ले सेवा लगिरहेका छन् ।’ उनले थपे‘ पञ्चकर्म सेवाको लागि मात्र दैनिक २० जना विरामी आउने गरेका छन् ।’ कार्यालयले दिने सेवा सबै निशुल्क रहेको र जो कसैले पनि सेवा लग्न सक्ने बरिष्ठ वैद्य रावलले बताए ।

त्यस्तै हाल कार्यालयले योग प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । महाकाली आयुर्वेदिक औषधालय महेन्द्रनगरको आयोजनामा योग गुरु राज कुमार थापाले दैनिक निशुल्क योग प्रशिक्षण दिने गरेको कार्यालयले जनाएको छ । योग प्रशिक्षणमा जो काहीले पनि आउन सक्ने छन् ।

ताजा समाचार