संसदमै पहिलोपटक चेपाङ भाषामा सम्बोधन

विज्ञापन

Share post:

हेटौँडा । नेपालको संसदीय इतिहासमै पहिलोपटक संसद्‍मा चेपाङ भाषामा सम्बोधन गरीएको छ ।

बिहीबार प्रदेश–३ को प्रदेशसभा बैठकमा सन्त चेपाङले प्रदेशसभामा चेपाङको पहिचानसहित जालको झोलासहित राजधानीको विषयमा छलफल गरेका हुन्।

नेपालको संसद इतिहासमा मैथिली, हिन्दी, भोजपुरी आदि जस्ता विभिन्‍न भाषामा सम्बोधन हुने गरेको भए पनि चेपाङ भाषामा सम्बोधन भएको थिएन।

सन्त चेपाङ मकवानपुर जिल्लाबाट नेपाली कांग्रेसको उम्मेदवार बनेर विजयी सासद हुन्। चेपाङ जातिलाई नेपाल सरकारले प्रजा जाति घोषणा गरेर यसको उत्थान र विकासका विभिन्‍न कार्यक्रमहरू सञ्‍चालन गरिरहेको छ।

नेपालमा खासगरी धादिङ, मकवानपुर र चितवनमा चेपाङहरूको बसोबास रहेको छ।

श्रोतथाहाखबर

ताजा समाचार