महेन्द्रनगर ।
कञ्चनपुरको महेन्द्रनगरस्थित शिव मन्दिरमा मोटरसाइल दुर्घटना हुदा दुई जना घाइते भएका छन् ।
बुधवार बेलुका महेन्द्रनगरदेखि गड्डाचौकीतर्फ गइरहेको म २ प २७६ नम्बरको मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करले पैदल यात्रु डडेल्धुरा अजयमेरु–१ (हाल शिव मन्दिर) नजिक बस्ने २५ वर्षीय पदमराज भट्ट र मोटरसाइकल चालक सुकासालका २२ वर्षीय महेश अवस्थी घाइते भएका छन् ।
मोटरसाइल चालकको भारतमा उपचार भइरहेको छ भने अर्का घाइतेको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल वडा प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेको छ ।