महेन्द्रनगर । कैलालीको गोदावरी नगरपालिकामा एक साताको अवधिमा झण्डै एक सय १५ छाउपडी गोठ भत्काइएका छन् ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी, जनप्रतिनिधि तथा स्थानीयको सहभागीतामा गोदावरी नगरपालिकाको वडा नम्बर १२ र १० का एक सय १५ छाउपडी घर भत्काइएको डीएसपी ज्ञानबहादुर बिष्टले बताए ।
उनका अनुसार गोदावरी नगरपालिका वडा १२ को कोल्मुडा, कटान तथा १० नम्बर वडाका सिउडी कटान, स्वार कटान, सितापुर र भागेश्वर क्षेत्रका छाउपडी गोठ भत्काइएको हो ।
वडा नम्बर १० का ४६ र वडा नम्बर १२ का विभिन्न क्षेत्रका ६९ छाउपडी गोठहरु भत्काइएको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम पुस देखि घर परिसरमा निर्माण गरिएका छाउगोठ भत्काउने अभियान सुरु गरिएको डीएसपी बिष्टले दैनिक सञ्चारलाई बताए ।
यो अभियान निरन्तर जारी रहने समेत जनाइएको छ ।