महेन्द्रनगरमा लक्ष्य भन्दा झन्डै २० करोड कम राजस्व संकलन,पि–प्यान लिनेको संख्या ह्वतै बढ्यो

Share post:

महेन्द्रनगर । आन्तरीक राजस्व कार्यालय महेन्द्रनगरले लक्ष्य भन्दा कम राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०७६/०७७ को ५ महिनमा लक्ष्य भन्दा झन्डै २० करोड कम राजस्व संकलन भएको छ ।

५ महिनामा १ अर्व १५ करोड, ४२ लाख, २ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको आन्तरीक राजस्व कार्यालयले ९६ करोड, ५२ लाख ७० हजार मात्र राजस्व संकलन गरेको छ ।

तर गत आर्थिक वर्ष मा भने कार्यालयले लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको थियो । आर्थिक बर्ष २०७३/७४ मा २२ करोड २० लाख ९८ हजार हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको आन्तरीक राजस्व कार्यालय महेन्द्रगरले ३० करोड १६ लाख ६ हजार राजस्व संकलन गरेको थियो ।

आर्थिक वर्ष ०७४ /७५ मा ३८ करोड २४ लाख ५७ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेको कार्यालयले ४६ करोड १७ लाख ९७ हजार राजस्व संकलन गरेको थियो ।

त्यस्तै आ.व.०७५/७६ मा कार्यालयले ५२ करोड १९ लाख १७ हजार संकलन गर्ने लक्ष्य राखेकोमा ७१ करोड ५९ लाख ३४ हजार राजस्व संकलन गरेको आन्तरीक राजस्व कार्यालय महेन्द्रनगरका कर अधिकृत तथा सुचना अधिकारी विष्णु बहादुर रावतले जानकारी दिए ।

 ५ महिनामा २२ हजार बढीले बनाए व्यक्तिगत स्थायि लेखा नम्बर(पि–प्यान)
महेन्द्रनगर । सरकारले प्रत्येक नागरिकलाई अनिवार्य व्यत्तिगत स्थायि लेखा नम्बर(पि–प्यान) लिनु पर्ने व्यवस्था गरेपछि आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरमा पि–प्यान नम्बर लिनेको संख्या बढेका छ ।

आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरमा व्यत्तिगत स्थायी लेखा नम्बर लिने सेवाग्राही बढेका हुन् । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ५ महिनामा मात्रै २२ हजार २ सय २७ जनाले व्यत्तिगत स्थायी लेखा नम्बर लिएका छन् ।

आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरका सुचना प्रविधि नायव सुब्बा भीम विष्टले आर्थिक वर्ष २०७६/७७ मा व्यत्तिगत स्थायि लेखा नम्बर लिनेको संख्या ह्वातै बढेको बताए ।

विष्टले भने ‘सरकारले प्रत्येक नागरिकलाई अनिवार्य प्यानको व्यवस्था गरेपछि व्यत्तिगत स्थायि लेखा नम्बर लिनेको संख्या बढेको हो ।’

गत आर्थिक वर्षसम्म दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर कार्य क्षेत्ररहेको आन्तरिक राजस्व कार्यालयबाट १२ हजार ९ सय ५७ जनाले मात्रै व्यत्तिगत स्थायि लेखा नम्बर लिएका थिए ।

Related image

ताजा समाचार