पर्यटकको स्वागतका लागि झकिझकाउ पारिएको गड्डाचौकी नाका (फोटो फिचर)

Share post:

महेन्द्रनगर ।
पश्चिमी सीमा नाका गड्डाचौकीबाट एक साताको अवधिमा ४३ जना पर्यटक नेपाल भित्रिएका छन् ।

नेपालका विभिन्न ठाउँ घुम्नका लागि ७ दिनको अवधिमा ४३ जना पर्यटक नेपालमा भित्रिएका हुन ।

३० लाख पर्यटक भित्राउने लक्ष्यका साथ सरकारले भ्रमण वर्ष–२०२० सुरु गरे पछि भ्रमण वर्षको आरम्भ चरणमा पश्चिमी सीमा नाका गड्डाचौकीबाट ४३ जना पर्यटक भित्रिएका छन् ।

अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार भ्रमण वर्ष–२०२० सुरु भए पछि अर्थात सन् २००० को जनवरी १ देखि ७ सम्म गड्डाचौकी नाका भएर ४३ जना पर्यटक नेपाल भित्रिएका छन् ।

सात दिनको अवधिमा ४३ जना पर्यटक भित्रिएको अध्यागमन कार्यालय गड्डाचौकीका सूचना अधिकारी शैलेन्द्र बडूले बताए । उनका अनुसार सात दिनको अवधिमा ३३ जना बाहिरिएका छन् ।

पर्यटकको स्वागतका लागि गड्डाचौकी नाका झकिझकाव पारिएको छ ।

फोटो हेर्नुहोस्ः

ताजा समाचार