बेदकोट नगरपालिकामा लैगिंक हिंसा न्यूनिकरण सम्बन्धि तीन दिने तालिम सुरु

Share post:

महेन्द्रनगर ।
कञ्चनपुरको बेदकोट नगरपालिकामा लैगिंक हिंसा न्यूनिकरण सम्बन्धि तीन दिने तालिम सुरु भएको छ । बेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्दले बिहिवार तालिमको उद्घाटन गरे ।

बेदकोट नगरपालिकाका सरकारी, निजी माध्यमिक विद्यालयका शिक्षक तथा सरोकारवालाहरुका लागि तीन दिने लैगिंक हिंसा सम्बन्धि तालिम आयोजना गरिएको हो ।

बेदकोट नगरपालिका तथा युनडिपीको सहयोगमा स्वीट नेपालले तालिम आयोजना गरेको कार्यक्रम व्यवस्थापक अमित सुनारले बताए । बेदकोट नगरपालिकालाई हिंसा मुक्त बनाउन अभियान सञ्चालन गरिएको उनले बताए ।

तालिममा बेदकोट नगरपालिकाभित्रका सरकारी तथा निजी माध्यमिक विद्यालयका शिक्षकका साथै अन्य सरोकारवालाहरुसहित ४० जनाको सहभागीता रहेको छ ।

स्वीट नेपाल कञ्चनपुरका कार्यबाहक अध्यक्ष अमिर तिरुवाको अध्यक्षतामा सुरु भएको तालिममा बेदकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज जोशी लगायतको सहभागीता रहेको थियो ।

ताजा समाचार