महेन्द्रनगरमा प्रदेश स्तरीय दृष्टिविहिन क्रिक्रेट प्रतियोगिता शुरु

Share post:

महेनद्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित कब्बड हलमा प्रदेश स्तरीय दृष्टिविहिन टि–२० क्रिक्रेट प्रतियोगिता शुरु भएको छ ।

शुक्रवार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेश सभा सदस्य लालबहादुर खड्काको प्रमुख आथित्यमा उत्त खेल प्रतियोगिताको उद्धघाटन गरीएको हो ।

‘स्वास्थ्यका खेलकुद, राष्ट्रका लागि खेलकुद, पर्यटन प्रवद्र्धनका लागी खेलकुद’ भन्ने मुल नाराका साथ सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय र दृष्टिविहिन क्रिक्रेट संघ कञ्चनपुरको सयुक्त आयोजनामा महेन्द्रनगरमा प्रदेश स्तरीय दृष्टिविहिन क्रिक्रेट प्रतियोगिता आयोजना गरीएको दृष्टिविहिन क्रिक्रेट संघ कञ्चनपुरका अध्यक्ष डिकम्बर जोशीले बताए ।

आजबाट २७ गते सम्म सञ्चालन हुने खेलमा कैलाली र कञ्चनपुरका महिला र पुरुष बिच अलग अलग खेल हुनेछन् प्रतियोगितामा २ टिम पुरष र २ टिम महिलाका गरी जम्मा ४ टिमले खेल्ने छन् ।

कैलाली र कञ्चनपुरका दृष्टिविहिन महिला र पुरुष बिच खेल हुने अध्यक्ष जोशीले बताए ।

प्रतियोगितामा महिला तथा पुरुष दुवै तर्फ प्रथम हुनेले नगद १० हजार र द्धितृय हुनेले ५ हजार नगद पुरुस्कार पाउनेछन् ।

ताजा समाचार