भाउजूलाई ढुङ्गा प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

Share post:

मोरङ– आफ्नै भाउजुलाई ढुङ्गा प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा बेलबारी नगरपालिका(७ केराटोल बस्ने ४० वर्षीय जगत बहादुर परियारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सामान्य घरायसी बिवाद हुँदा जगत बहादुरले आफ्नै ३५ वर्षीया भाउजुलाई ढुङ्गा प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाहुनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइतेलाई उपचारको लागि न्यूरो अस्पताल बिराटनगरतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

श्रोतkhavarhub

ताजा समाचार