गूगललाई १५ करोड यूरो जरीवाना, कारण यस्तो

विज्ञापन

Share post:

काठमाडौं । फ्रान्सको एकाधिकार विरोधी नियामकले अमेरिकी कम्पनी अल्फाबेटको सर्च इन्जिन गूगलमाथि १५ करोड यूरो जरीवाना लगाउने निर्णय गरेको छ ।

गूगलले विज्ञापनदातालाई शक्तिको दुरुपयोग गर्दै पक्षपात गर्ने गरेको नियामकको ठहर छ । गूगलले एउटा नियम बनाएपछि त्यसलाई आफ्नो अनुकूल परिवर्तन गर्ने गरेको बताइएको छ ।

पछिल्लो समय गूगलको व्यवसायमाथि अनुसन्धान बढिरहेको अवस्थामा फ्रान्सको एकाधिकारविरोधी नियामकले पहिलो पटक जरीवाना लगाएको हो ।

गूगलले भने फ्रान्सको यो निर्णयविरुद्ध पुनरवलोकनका लागि निवेदन दिने बताएको छ । फ्रान्समा गूगलमाथि यस विषयमा चार वर्ष अनुसन्धान गरिएको थियो ।

फ्रान्सेली वेबसाइट्स सेवा प्रदायकले गरेको गुनासोको आधारमा गूगलमाथि अनुसन्धान शुरु भएको थियो । अनुसन्धानको क्रममा प्रतिस्पर्धीको गूगल एड अकाउन्ट विना कुनै सूचना बन्द गर्ने गरिएको पाइएको थियो ।

नियामकले अनलाइन सर्चमा व्यवसायमा ९० प्रतिशत हिस्सा रहेको गूगलले दायित्व गूगल एडमा स्वच्छ पँहुच दिनुपर्ने बताएका छन् ।

शक्तिसँगै कम्पनीको दायित्व पनि बढ्ने नै प्रतिस्पर्धा नियमको मुख्य सिद्धान्त रहेको एक अधिकारीले बताएका छन् ।

ताजा समाचार