एजेन्सी । उमेर ढल्किंदै जाँदा कपाल फुल्नु भनेको वृद्धावस्थाको संकेत मानिन्छ । त्यसैले कपाल फुल्नुलाई अनुभव र बुद्धिको भण्डारको रुपमा लिइन्छ ।
तर, उमेर नहुँदै कपाल फुल्न थाल्यो भने त्यो समस्या बन्छ । त्यो समस्या युवाहरुमा पछिल्लो समय अझ बढी देखिंदै गएको छ ।
कपालले व्यक्तिलाई सुन्दर बनाउँछ । त्यसैले कपाललाई लिएर मानिसहरु सचेत हुने गर्छन् । कपाल फुल्ने समस्याले मानिसलाई मानसिक तनाव दिन्छ ।
सानै उमेरमा कपाल फुलेपछि व्यक्तिको उमेर वास्तविक भन्दा बढी देखिन्छ । जसले गर्दा मानिसहरु कपालमा विभिन्न मेहन्दी तथा रंगहरु लगाउने गर्छन् ।
मेहन्दी र रंग पन्ध्र पन्ध्र दिनमा लगाउने झन्झट हुन्छ भने ती सौन्दर्य सामग्रीमा प्रयोग गरिएका रासायनिक पदार्थले कपालको जरा कमजोर गराउने, टाउको दुख्ने आदि असर पर्न सक्छ ।
साथै ती सामग्रीमा पैसा पनि धेरै खर्च हुन्छ । कपाल फुल्नबाट रोक्नको लागि घरेलु उपाय पनि प्रभावकारी हुन्छ । यसमा पैसा कम खर्च हुन्छ भने लगाउन पनि सजिलो हुन्छ ।
यो घरेलु उपायले कपालको जरालाई बलियो बनाउने र कपाल बढ्नमा सहयोग गर्छ । यो घरेलु उपायको लागि आलुको बोक्रा र लेवेंडर तेलको आवश्यकता पर्छ ।
यसको लागि आलुको बोक्रा बाक्लो गरि तास्नुपर्छ । त्यो बोक्रालाई केही समय पानीमा उभाल्नुपर्छ । त्यसपछि त्यो बोक्रामा तेल मिलाएर मिक्सरमा मिक्स गर्नुपर्छ ।
मिक्स गरेपछि बनेको उक्त पेस्टलाई कपालको हरेक भागमा फैलिने गरि राम्रोसंग लगाउनुपर्छ । यो विधि निरन्तर रुपमा हप्ताको दुई पटक अपनाउन सकियो भने कपाल फुल्ने समयबाट छुटकारा पाउन सकिन्छ ।