– मदन खडायत
आज भन्दा लगभग ३०० बर्षअघि २२से अनि २४से राज्यहरुका रुपमा नेपाल एउटा बिभाजित अनि स–साना राजा रजौटाको देश थियो । यस्तै एउटा सामान्य राज्य हालको गोर्खामा थियो जहाँको राजपरिवारमा पृथ्वीनारायण शाहको जन्म भएको थयो । विक्रम संवत् १७९९ साल चैत्र २५ गते,रामनवमीका दिन २० बर्षको उमेरमा गोर्खामा राज्यरोहण गरेका थिए भनेर ईतिहासमा उल्लेख छ।ुविशाल नेपालु साम्राज्यवादी शक्ति संग लडेर स्थापित भएको राष्ट्र हो। आधुनिक नेपालको संरचना,सपना,साकारोक्ति अनि गोर्खाली बीर सिद्धान्तका प्रतिपादक पृथ्वीनारायण शाह नै हुन भन्दा अतियुक्ति नहोला।पृथ्वीनारायण शाहलाई नेपाल मात्र नभई दक्षिण एसिया सम्म नै दुरदर्शी अनि राष्ट्रियताका प्रतिकका रुपमा हेरिन्छ।
पुष २७ गते केवल एक राजाको जन्मदिन मात्रै नभएर सिंगो नेपालको पहिचान अनि नेपालीपनाको बिगुल फुकिएको र झकझक्याउने दिनका रुपमा पनि लिदैँ राष्ट्रिय एकता दिवस मनाइनुपर्छ भन्ने मेरो मत छ।जसले जे भने पनि आधुनिक नेपालको खाका नै पृथ्वीनारायण शाहले कोरेका हुन।हाल भारतको अधीनमा रहेको पञ्जाब देखि लिएर सिक्किम सम्म नेपाली भुभाग उनै पृथ्वीनारायण शाहका पालामा थियो ।१८ औं र १९ औँ शताब्दीको अन्तराष्ट्रिय राजनिती नियाल्दा अहिलेका बिशालकाय देशहरु त्यसै समयमा एकिकृत भएका देखिन्छन। ससाना राज्य,शाषक,कबिला अनि समुदायबाट एउटै छाना मुनि सबैलाई ल्यान युद्ध त्यतिबेला पनि भएका थिए।चीन,जर्मनी,ईटली लगायतका देशहरुका कथा पनि हाम्रो नेपालका भन्दा फरक छैनन्।
पृथ्वीनारायण शाहले एकीकरण गरेर विभिन्न जातजाति, धर्म,भेषभूषामा विभाजित नेपालीहरुलाई एक नेपाली जातिमा परिणत गराएका थिए।पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकिकरणको सन्दर्भमा यसक्षेत्रका तमाम हिन्दु(बौद्धहरुलाई फिरङ्गीहरुको बिरुद्ध संगठित गराउन गोरखनाथबाट कानफट्टा योगीहरुलाई राती परिचालन गरिएको थियो।राष्ट्रिय एकीकरणको अभियानमा काठमाण्डौँ उपत्यका विजयपछि सिंहासनमा आसिन हुनुभन्दा पहिला शाक्य बौद्धवंशकी जिवीत कुमारीको हातको टिका लाएर कुमारीको पाउमा ढोगेर मात्र पृथ्वीनारायण शाह राजसिंहासनमा बसेका थिए।कतिपय लेखकहरु भन्छन(पृथ्वीनारायण शाहले गोर्खा राज्यको बिस्तार गरेको थियो।तर त्यो गोर्खा राज्यको बिस्तार नभएर हिमंवतखण्डका क्षेत्रका स(साना हिन्दुराज्यहरुलाई एकिकरण गरेका थिए।यदि यी राज्यहरुलाई एक नगरेको नभए यहाँ नाजुक स्थितिले गर्दा यि राज्यहरुमा अङ्ग्रेजहरुले आखा लाएर बसेकाले निश्चित रुपमा अङ्ग्रेजको अधिनमा गईसकेका हुने थिए।
विक्रम संवत् १८०० मा गोर्खाका राजा पृथ्वीनारायण शाहले बनारसको भ्रमण गरेको अवस्थामा विश्वनाथको मन्दिर मुसलमान सम्राट औरंगजेवले भत्काएपछि भग्नावशेषको अवस्थामा नै थियो।त्यसैले पृथ्वीनाराण शाह चिन्तित थिए। उता इष्ट इण्डिया कम्पनीले भारतका विभिन्न राज्यमा हिन्दु धर्म र संस्कृतिको नास गराएर ईसाइ धर्म लाद्न हिन्दुहरुलाई आक्रमण गर्ने,मार्ने,मंदिर भत्काउने,धम्कयाउने अनकौँ अत्याचार फिरिङ्गीहरुको देखेर हिंवतखण्डको यो क्षेत्र जोगाउन पृथ्वीनारायण शाहलाई जागृत गराएको हुनुपर्छ।।नेपाल एकिकरण गर्ने उद्देश्यले पृथ्वीनारायण शाहले बनारसबाट हातहतियार बनाउने कारखानाको निरिक्षण गरी हातहतियार बनाउने र मर्मत गर्ने मुसलमान कालीगढ,केही हातहतियार सहित गोर्खा ल्याएका थिए।
गणतन्त्रको शुरुवात संगै राजसंस्था अनि राज धरोहरप्रतिको अकस्मात वितृष्णाले केहि महत्वपुर्ण चलन पनि बगाएर लग्यो।नेपाली सभ्यताका एतिहासिक स्वरुप बनाउन सफल साहसी अनि सिङ्गो नेपालका परिकल्पनाकार पृथ्वीनारायण शाहलाई नेपालीहरुले सम्झन आवश्यक छ।पृथ्वीनारायण शाहका वाणी अनि देश बनाउन गरेका क्रियाकलापहरुका दस्तावेजले नेपाल अनि देशको सुसासन प्रतिको मोहलाई स्पष्ट पार्छ,समग्रमा राष्ट्रिय एकताको सन्देस दिन्छ।ूघुस लिन्या र दिन्या दुबै राष्ट्रका शत्रु हुनू,ूनेपाल दुई ढुङ्गा बिचको तरुल हो।ू जस्ता दिव्योपदेश दुरगामी र अर्थपुर्ण सरल अनि उतिकै शान्दरभिक छन्।रणकौशल,कुसल कुटनिती,र राजनितीका लागि उनको जिवनी रोचक र प्रेरणादायी छ।
देशको ईतिहास पानीमा चलेको पानी जाहाज जस्तो हैन।विश्मा नेपाललाई कसैको गुलाम हुनबाट बचाएकोमा उहाँलको जयजयकार गरौ गाली होइन।पृथ्वीनारायण शाहको अपमान गर्नु भनेको गुलामीपन सुइकार्नु हो।युगपुरुषको तेजोबध गर्ने गद्दारहरुको लहै लहैमा लागेर हामी नेपालीहरुले आफ्नो राष्ट्रका धरोहर,राष्ट्र निर्माता पृथ्वीनारायण शाहको अपमान गरेर आफ्नो अस्तित्व मेटाउने काम नगरौं।अतःराष्ट्रिय एकता दिवसको उपलक्ष्यमा हामी नेपालीहरु पौष २७ गते आ(आफ्ना क्षेत्रबाट युगपुरुष पृथ्वीनारायण शाहको सम्मान साथ श्रद्धाञ्जली अर्पण गरौँ।