ट्रक दुर्घटना हुँदा एकको मृत्यु

विज्ञापन

Share post:

रुकुम । नेपालगन्जबाट रुकुम पश्चिमको चौरजहारी आउँदै गरेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ना ४ ख ८८७० नम्बरको मालबहाक ट्रक सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४ गर्चेमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परेर सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चु घर भएका ३५ वर्षीय रवीन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक ढेकेन्द्र खतिवडाले जानकारी दिए । उनका अनुसार ट्रक सडकबाट करिब एक सय मिटर तल खोलामा खसेको थियो ।

उक्त ट्रकले चौरजाहारी मेलैनाउलीमा निर्माणाधीन अवस्थामा रहेको पक्की पुलको सेटिङको सामान ल्याएर चौरजहारी आउँदै गरेको थियो । दुर्घटनाबारे अनुसन्धान भइरहेको डिएसपी खतिवडाले जानकारी दिए ।

ताजा समाचार