महेनद्रनगर । सामुदायिक प्रहरी साझेदारी सरसफाई अभियान अन्तर्गत अछाम प्रहरीद्धारा मन्दीर सरसफाई गरीएको छ ।
शनिवार जिल्ला प्रहरी कार्यालय अछाम मातहत प्रहरी चौकी वैद्यनाथले जिल्लाको साँफेबगर नगरपालीका–२ स्थित धार्मीक तथा पर्यटकिय स्थल वैद्यनाथ मन्दिर परिसरमा सरसफाई गरीएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
वैद्यनाथ मन्दिर स्थित वेद विद्या आश्रमका गुरु तथा बटुकहरुको सहभागितामा सरसफाई गरीएको थियो ।