असहाय अवस्थीलाई नागरिक सुशासन समाजद्धारा खाद्यन्न र न्यानो लुगा बितरण

Share post:

महेन्द्रनगर ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ का असहाय लक्ष्मीदत्त अवस्थीलाई नागरिक सुशासन समाजले खाद्यान्न सामाग्री तथा लुगा बितरण गरेको छ ।

शनिवार एक कार्यक्रमकाबीच बिगत एक दशकदेखि प्यारालाइसिस भएर असहाय भएका अवस्थीलाई नागरिक सुशासन समाजले खाद्यान्न समाग्री (चामल, दाल, नुन, तेल तथा फलफुल ) र न्यानो लुगा (कम्मल,सुइटर, टाउजर) प्रदान गरिएको भ्रष्टाचार तथा सामाजिक हिंसा विरुद्धका अभियान्ता डम्मर भट्टले बताए ।

खाद्यन्न तथा न्यानो लुगा बितरण कार्यक्रममा नागरिक सुशासन समाजका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

असहाय अवस्थीलाई थप सहयोग आगामी दिनमा गर्दै जाने तथा स्थानीय सरकारबाट पाउने सेवा, सुविधा प्रदान गर्न सहयोग गर्ने नागरिक सुशासन समाजका अध्यक्ष वीर बहादुर बोहराले बताए ।

ताजा समाचार