कन्चटमा गोली हानी हबल्दार कठायतले गरे आत्महत्या

Share post:

जाजरकोट । नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय डल्लीमा कार्यरत प्रहरी हबल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ ।

बाजुरा जिल्ला घर भई चारमहिनादेखि सो कार्यालयमा कार्यरत ३५ वर्षीय कठायतले आफैलाई कन्चटमा गोली हान्दा आज बिहान मृत्युभएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

उनले घटनाका बारेमा छानविन गर्न टोली परिचालन भएको बताए ।

श्रोतkhabarhub

ताजा समाचार