जब २० वर्षीय युवक अन्धाधुन्ध खुकुरी प्रहार गर्दै हिडे………

Share post:

भक्तपुर । भक्तपुर नगरपालिका १० मा एक व्यक्तिले अन्धाधुन्ध खुर्पा प्रहार गर्दै हिँड्दा दुई प्रहरीसहित चार जना घाइते भएका छन् ।

जाजरकोटको नलगाढ नगरपालिका १ बस्ने २० वर्षीय राम बहादुर विकले शनिबार साँझ खुर्पा प्रहार गर्दै हिँड्दा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका १० घर भइ भक्तपुर नगरपालिका १० को कमलविनायक बस्ने ६० वर्षीया भुनामाया थापा र ४५ वर्षीया राजमती ज्याकी बन्जार घाइते भएका छन् ।

त्यसैगरी महानगरीय प्रहरी प्रभाग व्यासीमा कार्यरत प्रहरी हवलदार जितेन्द्र प्रसाद यादव र प्रहरी जवान टोल बहादुर श्रेष्ठ पनि घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक ९एसपी० सविन प्रधानले जानकारी दिए ।

खुर्पा प्रहार गरेर भाग्दै गरेका विकलाई दोकोचामा प्रहरीले नियन्त्रणमा लिने क्रममा खुर्पा प्रहार गर्दा बा २ झ १८५ नम्बरको प्रहरीको सीआरभी भ्यानको सिसा फुट्नुको साथै सञ्चार बेस सेटमा समेत क्षति पुगेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत तथा प्रहरी निरीक्षक ९इन्स्पेक्टर० पञ्चलाल गोलेले जानकारी दिए ।

घाइते भएकी थापाको मध्यपुर अस्पतालबाट थप उपचारको लागि छाउनीको नेपाली सेनाको अस्पतालमा रिफर गरी उपचार भइरहेको छ भने ज्याकी बन्जारको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार