विप्लव समूहका जिल्ला सदस्य पक्राउ

Share post:

गोरखा– नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका गोरखा जिल्ला सदस्य पक्राउ परेका छन् ।

विप्लव समूहका गोरखा जिल्ला सदस्य ओम प्रकाश गुरुङ पक्राउ परेका हुन् । उनलाई शनिवार राति प्रहरीले पक्राउ गरेको थियो ।

पालुङटार नगरपालिका–७ च्याङली घर भएका गुरुङलाई घर नजिकबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुरुङमाथि शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।

श्रोतkhavarhub

ताजा समाचार