हत्या आरोपमा एक जना पक्राउ

विज्ञापन

Share post:

काठमाडौं । रसुवा प्रहरीले हत्याको आरोपमा गोसाईकुण्डबाट एक जनालाई पक्राउ गरेको छ ।

आमाछोदिङ्मो गाउँपालिका(४ गोल्जुङबस्ने ४६ वर्षीय सार्की गुरुङको हत्या गरी फरार रहेको आरोपमा प्रहरिले सोही स्थान बस्ने ४१ वर्षीय मिङ्मार सिङ्गी तामाङलाई पक्राउ गरेको हो ।

आपसी विवादको क्रममा शनिबार राति तामाङले धकेल्दा लडेर गम्भीर घाइते भएका गुरुङको जिल्ला अस्पताल धुन्चेमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

घटनापछि फरार रहेका तामाङलाई सीमा प्रहरी चौकी टिमुरेबाट खटिएको प्रहरीले सोही गाउँपालिकाको वडा नम्बर ५ स्याफ्रू बजारबाट आइतबार नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

श्रोतonlinekhabar

ताजा समाचार