महेन्द्रनगर ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१० मा रहेको विवेकशील युवा क्लव (गज्जर)ले सामुदायिक सरसफाइ अभियान–२०७६ सुरु गरेको छ ।
भीनपा–१० लाई स्वच्छ, सफा नमूना वडा निर्माणका लागि विवेकशील युवा क्लवको आयोजनामा सामुदायिक सरसफाइ अभियान सुरु गरिएको अध्यक्ष गोकर्ण महराले बताए ।
युवा क्लवले अगाडि सारेको सरसफाइ अभियानमा सरसफाइका साथै विद्यालयमा जनचेतनामूलक कार्यक्रमको आयोजना गरिने छ । युवा क्लवको प्रत्येक शनिवार सरसफाइ कार्यक्रम गर्ने गरेको छ ।
भीमदत्त नगरपालिका–१० सुकासाल चौराहमा शनिवार सरसफाइ गरिएको थियो भने कस्मोपोलिटन इन्लिस मिडियम स्कुल सुकासालमा जनचेतनामूलक कार्यक्रम समेत आयोजना गरिएको थियो ।