उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १२ की सुन्तली बोटे त्रियुगा र बरुवा खोलाको दोभानमा मृत अवस्थामा भेटिएकी छिन् । स्थानीय लालबहादुर बोटेकी ३३ वर्षीया श्रीमती सुन्तली मृत अवस्थामा फेला परेकी हुन् ।
माछा मार्न भन्दै शुक्रबार १० बजेतिर घरबाट हिँडेकी बोटे साँझसम्म घर नआएपछि खोजि गर्ने क्रममा आइतबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बोटेको शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
उनको शरिरमा कुनै चोटपटक नभएका कारण के कारणले मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख (एसपी) वीरबहादुर बुढा मगरले जानकारी दिए ।