डडेल्धुराः डडेल्धुरामा विमानस्थल निर्माणका लागि प्रारम्भिक अध्ययनपछि सम्भाव्यता अध्ययन सुरु भएको छ। जिल्लाको अजयमेरु गाउँपालिका १ पुइलेकदेखि वयलडाँडासम्मका १२ सय मिटर जग्गामा सम्भाव्यता अध्ययन सुरु भएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरण मन्त्रालालयले सम्भाव्यता अध्ययनका लागि जिल्लामा एक प्राविधिक टोली पठाएको छ। प्राविधिक टोलीले आइतबार सम्भाव्यता अध्ययनका रुपमा स्थलगत निरीक्षण गरी लम्बाइ चौडाइ लिनुका साथै उक्त क्षेत्रको नक्सा ड्रोन क्यामरामार्फत लिएको छ।
त्यहाँको भू-वनोटलगायत ल्यान्डिङ र टेकअफ गर्ने बेलाका लागि अपट्याकल लिमिटेसन लगायतलाई हेर्दा पहाडी जिल्लाका लागि उपयुक्त स्थान रहेको अध्ययन टोलीका सदस्य इन्जिनियर नरेश सिवाकोटीले जानकारी दिए। ‘यो पहाडी इलाकाको लागि यतिसम्मको जग्गा एकदमै उपरोक्त हो’ उनले भने, ‘१२ सय मिटिर जमिन अहिले देखिन्छ केही बढी वालहरू हालेर बनाउने सकिने सम्भावन पनि छ।’
२०७० सालबाट डडेल्धुरामा विमालस्थल निमार्णका लागि विभिन्न स्थानमा माग राखेको भए पनि अहिले आएर पुइलेकमा प्रारम्भिक अध्ययनपछि सम्भाव्यता अध्ययन सुरु गराउन सकेको अध्ययन टोली ल्याएर स्थलगत पुगेका नेकपाका नेता डा. तारा जोशीको भनाइ छ। ‘हामीले २०७० सालबाटको माग हो।
योभन्दा अगाडि पनि विभिन्न स्थानहरूको अध्ययन गराएका थियौँ, उनले भने, ‘अहिले पुइलकमा सम्भाव्यता अध्ययन सुरु भएको छ। अरु स्थानमा प्रारम्भिक अध्ययनले नहुने देखाएको छ।’
यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन केही समय लाग्ने तथा वातावरण प्रभाव मूल्यांकन ९इआइए० गर्न नै एक वर्ष लाग्ने प्राविधिक टोलीको भनाइ छ।
आइतबार गरेको अध्ययनको पनि पूर्ण निष्कर्ष आउन ३ महिना लाग्ने इन्जिनियर सिवाकोटीले बताए। विमानस्थलका लागि आवश्यक धावन मार्गको लम्बाइ, पर्याप्त क्षेत्रफल भएको, क्षेत्रफल मिलेको तर जमिन भिरालो भए पनि राम्रो, धावन मार्ग पहाडले छेक्ने सम्भावनासमेत भएको पाइएको इन्जिनियर सिवाकोटीको भनाइ छ।
विमानस्थल निर्माणका लागि डडेल्धुराको पुइलकमा कालोपत्रे सडक पहुँच भएकाले ४ वर्षको समयावधि लाग्न सक्ने प्राविधिक टोलीले देखाएको छ। विमालस्थल अध्ययन भइरहेका क्षेत्र डडेल्धुरा सदरमुकामबाट १२ किलोमिटर टाढा पर्छ।