पासपोर्टमा खोल हाल्न प्रतिबन्ध !

Share post:

काठमाडौ– राहदानी विभागले नेपालमा चल्तिमा रहेको राहदानीजस्तै देखिने कभर (खोल) बिक्री वितरण गर्न नपाइने बताएको छ ।

राहदानी विभाग नारायणहिटी काठमाडौँले आइतबार एक सूचना जारी गर्दै राहदानीजस्तै देखिने हरियो खोल बिक्री वितरणमा रोक लगाएको हो ।

‘झट्ट हेर्दा साधारण राहदानीजस्तो देखिने राहदानीको खोल खरिद बिक्रीमा प्रतिबन्ध लगाइएको हुँदा यस प्रकारको खोल बिक्री तथा खरिद नगर्नु हुन सर्वसाधारणमा अनुरोध गरिन्छ’ विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

राहदानीको सुरक्षाको लागि भन्दै यस्ता खोलहरु बिक्रिवितरण हुँदै आएका छन् ।

श्रोतkhabarhub

ताजा समाचार