यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

Share post:

काठमाडौं– हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नरहेको मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको उपत्यका तथा तराईका भू(भागमा कुहिरोरहुस्सु लागेको छ ।

आगामी तीन दिन यस्तो हुनेछ मौसम

पौष २८ गते (सोमबार)

दिउँसो स् देशका पहाडी भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । तराई भू(भागहरुमा हुस्सुरकुहिरो लाग्ने सम्भावना छ ।

रातिस् देशका पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली भई अन्य भू्(भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी पहाडी भू(भागका एक(दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

पौष २९ गते (मंगलबार)

दिउँसो स् देशका पश्चिमी भू(भागमा सामान्य बदली भई अन्य पहाडी भू्(भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू(भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।

रातिस् देशका पश्चिमी भू(भागमा सामान्य बदली भई अन्य भू्भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भू(भागका एक(दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

माघ १ गते (बुधबार)

दिउँसो स् देशका पश्चिमी भू(भागमा आंशिक देखि सामान्य बदली भई अन्य भू्(भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भू(भागका एक(दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

रातिस देशभरको मौसम सामान्यतया सफा रहनेछ ।

ताजा समाचार