शसस्त्र प्रहरीलाई ठुलो सफलताः दोधारा–चाँदनीबाट झण्डै ४० लाखको अवैध सामान बरामद

Share post:

महेन्द्रनगर ।
कञ्चनपुरको दोधारा–चाँदनीस्थित गरिगोठबाट शसस्त्र प्रहरीले अवैध लेडिज समान बरामद गरेको छ । सोमवार शसस्त्र प्रहरीले भन्सार छलेर भारततर्फ गइरहेको लेडिज सामान (गाम्छा) बरामद गरेको हो ।

२६ लाख ८८ हजार मूल्य बराबरको सामान र १३ लाखको गाडी सहित ३९ लाख ८८ हजार बराबरको सामान बरामद गरिएको दोधारा–चाँदनीस्थित बोडर आउट पोष्ट (बिओपी)का प्रहरी निरीक्षक रामसिंह भण्डारीले बताए ।

दोधारा–चाँदनीबाट यति ठुलो परिमाणको सामान बरामद गरिएको यो पहिलो पटक रहेको प्रहरी बताउँछ ।

‘बिहान गस्ती गर्ने क्रममा सीमाबाट भन्सार छलि भारत लैजादै गरेको लेडिज सामान बरामद गरेका छौँ ।’ दैनिक सञ्चारसंग कुरा गर्दै प्रहरी निरीक्षक भण्डारीले भने, ‘भारतीय नम्बरको गाडी नियन्त्रणमा लिएका छौँ । मान्छे भने भारततर्फ फरार छन् ।’

शसस्त्र प्रहरी अवैध सामान ओसारपसारमा प्रयोग भएको युके १८ सिए ४८९२ नम्बरको भारतीय महेन्द्रा कम्पनीको बलेरो जीप पनि नियन्त्रणमा लिइएको छ ।

अहिले बरामद गरिएका सामान र गाडी भन्सारमा बुझाउने तयारी भइरहेको प्रहरी निरीक्षक भण्डारी बताउँछन् । फरार रहेकाहरुको खोजी कार्य भइरहेको छ ।

ताजा समाचार