घट्यो सुनको भाउ

Share post:

काठमाडौं, आइतबार बढेर प्रतितोला ७५ हजार पुगेको सुन सोमबार घटेर ७४ हजार ८ सय पुगेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

यस्तै आजका लागि तेजावी सुनको मूल्य ७४ हजार ५ सय कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण नेपाली बजारमा पनि घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य १५ सय ६० अमेरिकी डलर पुगेको छ।

यस्तै सोमबार नेपाली बजारमा चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको छ।

ताजा समाचार