इराकस्थित अमेरिकी एयरबेसमा फेरि आक्रमण, ४ जना घाइते

विज्ञापन

Share post:

इराकस्थित अमेरिकी एयरबेसमा फेरि आक्रमण भएको छ।इराकको अल बलदमा रहेको अमेरिकी एयरबेसमा आठवटा रकेटहरुले आक्रमण भएको बताइएको छ।

घटनामा चारजना घाइते भएका छन्। घाइतेमध्ये दुई इराकी अधिकारी र दुई एयरमेन रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

अल बलद बेस अमेरिकी वायुसेनाको मुख्य अड्डा हो। इराकले आफ्नो एफ १६ लडाकू विमान पनि यँही राख्छ।

इरान र अमेरिकाबीच तनाब बढेकै बेला अमेरिकी सैन्य अड्डामाथि हमला भएको हो। समाचार एजेन्सी एएफपीका अनुसार यस हमलाको कसैले जिम्मेवारी लिएको छैन।

यद्यपि अमेरिकाले इरान समर्थित समूहले आक्रमण गरेको आरोप लगाएको छ।एजेन्सी

ताजा समाचार