पाकिस्तानी सेनाको गोली लागि जम्मु कश्मिरमा दुई जनाको मृत्यु

Share post:

 पाकिस्तानी सेनाको गोली लागि जम्मू–कश्मीरमा दुई जना मजदुरको ज्यान गएको छ । भारतीय सेनाका अनुसार एक जनाको घटनास्थलमै मृत्यु भएको हो । अर्का मजदुरको भने उपचारका क्रममा मृत्यु भएको हो ।

भारत–पाकिस्तान सीमा नियन्त्रण रेखा नजिक भएको उक्त घटनामा परी चार घाइते भएका छन् । घाइतेहरुको उपचार भइराखेको मिडिया रिपोर्टमा उल्लेख छ ।

मृतक मध्ये एकजनाको टाउको समेत काटिएको अवस्थामा फेला पारिएको बताइएको छ । पछिल्लो समय भारत र पाकिस्तानबीच सिममा विवाद उत्कर्षमा रहेको छ । एकपछि अर्को घटना बढे पनि दुई देशका सरकार प्रमुखहरु यसबारे छलफल गर्न नचाहेको विश्लेषकहरु बताउँदै आइरहेका छन् ।

ताजा समाचार