निर्मला हत्या काण्डः घाईते तथा अधिकारकर्मीहरु अदालत अगाडी धर्नामा

Share post:

महेन्द्रनगर । बलात्कार पछि हत्या गरीएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको न्यायका लागी आन्दोलन गर्ने क्रममा घाईते भएका तथा स्थानिय अधिकारकर्मीहरु धर्ना बसेका छन् ।

विभिन्न माग सहित १२ दिन देखी धर्नामा बसेका घाइतेहरु संगै आज(सोमवार) स्थानिय अधिकारकर्मीहरु लगाएतका जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत कञ्चनपुर अगाडी धर्ना बसिरहेका छन् ।

अधिकारकर्मीका अनुसार सरकार तथा प्रहरीले स्वर्गिय निर्मला पन्तको वास्तविक हत्यारालाई लुकाएर सर्वसाधारणलाई जर्वजस्ति दोषी प्रमाणीत गर्न खोजिरहेको छ ।

निर्मला लाई न्याय देऊ, निष्पक्ष अनुसन्धान गर, नक्कली प्रमाणहरु जुटाउन बन्द गर, प्रहरी कार्यालय व्यापारको थलो हुनु हुदैन, घाईतेहरुको उपचार गर, निर्दोषलाई फसाउने काम बन्द गर, नेपाल सरकारले निर्णय गरेको घाईतेहरुको पूर्ण उपचार र अंगभंग भएकाहरुको जिविकोपार्जनको निर्णय तुरुन्त कार्यन्वयन गर लगाएतका माग सहित धर्नामा बसेको अधिकारकर्मी शारदा चन्दले बताईन् ।

उनले भनिन्‘जब सम्म निर्मलाई न्याय दिदैनन् तब सम्म हामीहरु न्यायका लागी लडि रहन्छौ ।’उनले थपिन‘अहिले अदालत अगाडी धर्ना बसिरहेका छौ यस पछि हामीहरु सरकारी वकीलको कार्यालयमा पनि धर्ना बस्ने छौ ।’

निर्मलाको न्यायको लागी लड्दा घाईते भएका तथा घाईतेका आफन्तहरु कृत प्रशाद पनेरु, चेतन भट्ट, सुरेन्द्र देउवा, अर्जुन भण्डारा लगाएत स्थानिय आधिकारकर्मीहरु धर्नामा बसिरहेका छन् ।

हाल सम्म पनि आफ्ना मागप्रति सरकार तथा प्रशासानले कुनै चासो नदेखाएको उल्टै बास्तविक हत्यारालाई बचाउन खोजिएकोे घाईते सुरेन्द्र भट्टले बताए ।

प्रहरीले निष्पक्ष अनुसन्धान गरेमा आफुहरु चुप बस्ने यदि सर्वसाधारणलाई फसाउन अनेक बाहाना गरेमा आफुहरु चुपलागेर नबस्ने अधिकारकर्मीहरुले चेतावनि दिएका छन् ।

कञ्चनपुरमा स्वर्गिय निर्मलाको न्याय माग्ने क्रममा एक जनाको मृत्यु र ६ जना घाईते भएका थिए ।

  • सम्बन्धित सामाग्रिः
  1. निर्मलाको न्यायिक आन्दोलनका घाइतेहरु ८ दिन देखी धर्नामा
  2. निर्मला हत्या काण्डः आन्दोलनमा घाईते भएकाहरु ५ दिन देखी धर्नामा
  3. निर्मला हत्या काण्डः आन्दोलनमा घाईते भएकाहरु बसे धर्ना कारण यस्तो

ताजा समाचार