युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने ‘बाबा शिवानन्द स्वामी’ पक्राउ

Share post:

काठमाडौँ ।

युरोप पठाइदिन्छ भन्दै ठगी गर्ने बाबा शिवानन्द स्वामीका नामले परिचित दिपक भण्डारी पक्राउ परेका छन् ।

ठगी उजुरी परेपछि भण्डारीलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार काठमाडौंबाट पक्राउ गरेको हो । उनले विदेश पठाइदिने भन्दै चार जनासँग ३० लाख रुपैयाँ लिएका थिए ।

पक्राउ परेका भण्डारीमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार