महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सुचना जारी गर्दै माघ १ गते सार्वजनिक बिदा दिने जनाएको छ ।
माघे संक्रान्तिको सुदूरपश्चिम प्रदेश भरिका सरकारी कार्यालयहरु र सार्वजनिक निकायहरुमा बिदा हुने प्रदेश सरकारले जनाएको छ ।
माघे संक्रान्तिको बिदा दिने निर्णय भने प्रदेश सरकारले साउन ८ गते गरेको थियो ।