पाकिस्तान र अफगानिस्तानमा प्राकृतिक विपद् स् ४३ को मृत्यु

Share post:

इस्लामाबाद । अफगानिस्तान सहित पाकिस्तानमा बाक्लो हिमपात, झरी र पहिरोका कारण ४३ जनाको मृत्यु भएको छ ।

हिमपात र बाढीका कारण सडकहरु ठप्प भएका छन् । उद्धारका लागि प्रहरी र सुरक्षाकर्मीलाई पनि कठिनाइ परेको बताइएको छ । साथै बाढी प्रभावित ठाउँका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

अधिकारीहरुका अनुसार पाकिस्तानको बलोचिस्तान प्रान्त अत्याधिक प्रभावित बनेको छ । जहाँ २५ जनाको मृत्यु भइसकेको छ । क्षति व्यवस्थापनका प्रमुख इमरान जारकोनका अनुसार गत २४ घण्टाको अवधिमा त्यहाँ १४ जनाको मृत्यु भएको थियो । भारी हिमपातले गर्दा अधिकांश घरका छानो भत्किएका छन् ।

पूर्वी पञ्जाब क्षेत्रमा भने ११ जनाको मृत्यु भएको छ । यहाँका घरका छाना पनि झरी र हिउँले प्रभावित बनेका छन् । आपतकालिन उद्धारका लागि अधिकारीहरु त्यसतर्फ गएको बताइएको छ ।
अफगानिस्तानमा भने महिला र बालबालिकासहित कम्तिमा १८ जनाको मृत्यु भएको हो ।

प्रकोप व्यवस्थापन मन्त्रालयका प्रेस अधिकृत हासिबुल्लाह शेइखानीका अनुसार अधिकांश हाइवे भारी हिमपात र पहिरोका डरले बन्द भएका छन् । हेरात प्रान्तमा सातजनाको मृत्यु भएको छ । जहाँ पाँचजना एउटै परिवारका थिए । यस्तै दक्षिणी हेलमन्द प्रान्तमा तीनजनाको मृत्यु भयो ।

ताजा समाचार