प्रधानाध्यापकमाथि भएको हातपात घटनाप्रति नेपाल राहत शिक्षक केन्द्रीय समितिद्धारा भत्र्सना

Share post:

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलस्थित बैजनाथ माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक बिरेन्द्र सिंहमाथि भएको हातपातको घटनाप्रति नेपाल राहत शिक्षक केन्द्रीय समिति (नेपाल)ले घोर आपत्ति जनाएको छ ।

सोमवार नेपाल राहत शिक्षक केन्द्रीय समिति (नेपाल)ले प्रेस बिज्ञप्ती जारी गर्दै शिक्षकमाथि नियोजित ढङगले भएको हातपात तथा गालीगलौचको घटनाप्रति घोर भत्र्सना गरेको जनाएको छ ।

‘प्रधानाध्यापकमाथि हातपात तथा गालीगलौचको गरेर एउटा शिक्षकमाथि नियोजित ढङगले प्रहार गरेमा यसमा हाम्रो घोर भत्र्सना छ । सम्बन्धित पक्षको ध्यानाकर्षण गराउदै दोषि उपर कारबाहीको माग गर्दछौँ । अन्यथा न्यायको लागि आफहुरु जस्तो सुकै कदम चाल्न पनि पछि हट्ने छैनौँ ।’ केन्द्रीय सदस्यद्धय सीता पुजारा र गोविन्द बहादुर ढाँटद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ।

घटनाका दोषि उपर कारबाही माग समेत समितिले अगाडि सारेको छ । विद्यालयको कामको शिलशिलामा झलारी बजार गएका बेला सोमवार विद्यालय व्यवस्थापन समितिका सदस्य गणेश प्रसाद भट्ट लगायत ३/४ जनाको समुहले निमित्त प्रधानाध्यापक सिंहमाथि हातपात गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिमा आफ्ना मान्छेलाई समावेश नगरेको भन्दै भट्ट लगायतको ३/४ जनाको समुहले हातपात गरेको विद्यालयका निमित्त प्रधानाध्यापक सिंहले बताए । ‘विद्यालयको काम गर्ने बेला हातपात भएको छ ।’ दैनिक सञ्चारसंग उनले भने, ‘ईलाका प्रहरी कार्यालय झलारीमा अहिले उजुरी दिएको छुँ । सार्वजनिक मुद्दा हाल्ने तयारी गरेको छुँ ।’

उनले शुक्लाफाँटा नगरपालिका–६ का वडा सदस्य तर्कराज भट्ट, विद्यालय व्यवस्थापन समिति सदस्य गणेश प्रसाद भट्टको नामा ईलाका प्रहरी कार्यालय झलारीमा उजुरी दिएका छन् । उता विद्यालय व्यवस्थापन समितिका सदस्य गणेश प्रसाद भट्टले निमित्त प्रधानाध्यापकमाथि हातपात नगरेको दाबी गरे ।

विद्यालयका निमित्त प्रधानाध्यापक सिंहले रडाको मचाउन चाहेको उनको आरोप छ । ‘विद्यालयको निर्णय होटलभित्र बसेर गर्दै थिए । मैलैँ के निर्णय भयो भनेर बुझ्न खाजेको थिए । उहाँ (बिरेन्द्र सिंह) नै चर्को स्वरमा बोल्दै आए ।’ सदस्य भट्टले भने, ‘विद्यालयको के निर्णय भयो भनि बुझ्न पाउने मेरो पनि अधिकार हो । निर्णय नदेखाए पछि उनको झोला तानेर आफैले हेर्न खोजेको मात्र हुँ । यसमा उनले नै रडाको मचाउन खोजे ।’

ताजा समाचार