सुदूरपश्चिम प्रदेशको एम्बुलेन्स खरीद प्रकरण बारे अख्तियारले अनुसन्धान थाल्यो

Share post:

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयद्वारा एम्बुलेन्स र अल्ट्रासाउण्ड खरीदको विषयलाई अख्तियारले अनुसन्धान र छानबिनको दायरामा ल्याएको छ ।

उक्त प्रकरणलाई अनुसन्धानको दायरामा ल्याएको अख्तियारले जनाएको छ । यसैबिच अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुर सम्पर्क कार्यालयले सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिलाकुमारी पन्त त्रिपाठीलाई वार्षिक प्रतिवेदन बुझाएको छ।

अख्तियारले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख बाबुराम खतिवडाले प्रदेश प्रमुखलाई प्रतिवेदन हस्तान्तरण गरे।

प्रतिवेदनमा अख्तियारले गत आर्थिक वर्षमा गरेको काम, अख्तियारमा परेको मुद्दा र मुद्दा फर्छ्यौट विवरण लगायत समावेश रहेको अख्तियार प्रमुख खतिवडाले बताए।

उनले सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयद्वारा एम्बुलेन्स र अल्ट्रासाउण्ड खरीदको विषयलाई अख्तियारले अनुसन्धान र छानबिनको दायरामा ल्याएको समेत जानकारी दिए।

ताजा समाचार