धनगढी । ब्राउन सुगरसहित कैलालीबाट तीन जना पक्राउ परेका छन । उनीहरु लाई जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरीले धनगढीबाट पक्राउ गरेको हो ।
धनगढी उपमहानगरपालीका ८ मा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले तीन जनालाई ५ सय १० मिलीग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
धनगढीउपमहानगरपालिका १० घर भई वडा नम्बर ८ को बुद्धचोकमा डेरा गरी बस्ने २० वर्षका उमेश धामी, २० वर्षीया उमा चौधरी र १९ वर्षीया असरानी चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
पक्राउ परेकाहरूबाट ब्राउन सुगर र सेवन गर्न प्रयोग गरेको नोट लगायतका सामान बरामद गरिएको उनले बताए । जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।