कञ्चनपुरमा युएनको गाडीले किचेर बदेँल म-यो

Share post:

महेन्द्रनगर ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका मछेली खोला नजिकै युएनको जीपले किचेर एक बदेँल मरेको छ ।

मंगलवार अत्तरियादेखि महेन्द्रनगरतर्फ आइरहेको युएनको ६६–१–१३१५ नम्बरको जीपले किचेर बदेँल मरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा अन्य कुनै क्षति भने भएको छैन् ।

तीव्र गतिमा रहेको जीपले बाटो काटिरहेको बदेँललाई किचेको थियो ।

फोटोः पत्रकार बिकास सिंह महता

ताजा समाचार