घुस लिएको आरोपमा कैलाली दरबन्दी रहेका प्रहरी जवान पक्राउ

विज्ञापन

Share post:

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जम्मा दुई हजार रुपैयाँ घुसररिसवत लिएको आरोपमा एक प्रहरी जवानलाई पक्राउ गरेको छ ।

आयोगको टंगालबाट खटिएको टोलीले लोगबहादुर खड्कालाई पक्राउ गरेको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार खड्कालाई कोटेश्वरबाट घुस रकमसहित नियन्त्रणमा लिइएको हो ।

कारागार सुरक्षा गार्ड कैलाली दरबन्दी रहेका उनी महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत छन् ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिएका छन् ।

श्रोतonlinekhabar

ताजा समाचार