महेन्द्रनगरमा फेला परेको चामल प्लाष्टिकको नभएको पुष्टि

Share post:

धनगढी । महेन्द्रनगरमा फेला परेको लाजवाब जिरा मसिनो चामल ग्राहकहरुका लागि गुणस्तरीय रहेको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय धनगढीले जनाएको छ ।

सोमवार उक्त चामल प्लाष्टिकको भएको भन्दै स्थानियले अनुगमन गर्न निर्देशन दिएका थिए ।

कार्यालय प्रमुख हरि सिंह बोहराले उक्त ब्राण्डको चामल गणुस्तरीय रहेको र दैनिक उपभोग गर्न कुनै पनि हानी नोक्सानी नगर्ने पुष्टि गरेका छन् ।

धनगढीका लागि आधिकारीक विक्रेता रहेको जय दुर्गे एग्रो प्याकेजिङ्गका प्रबन्ध निर्देशक आकाश अग्रवालले बजारमा हो–हल्लाका कारण लाजवाब जिरा मसिनो चामल उपभोग गर्न ग्राहकहरुले अफ्ठयारो मानेकाले अब ढुक्कका साथ चामल प्रयोग गर्न अनुरोध गरे ।

सोमवार महेन्द्रनगरका केही स्थानिय व्यापारीले मनिष फुड प्रोडक्ट्सले जिरा मसिनो चामलका नाम प्लाष्टिकको चामल विक्री गर्दै आएको आरोप लगाएका थिए ।

श्रोतpaschimtoday

ताजा समाचार