ठाकुरद्धारा बाबाको दर्शन गरी फर्किने क्रममा ट्रयाक्टर दुर्घटना हुँदा १६ जना घाइते

Share post:

बर्दिया — राजापुर–१० खैरीचन्दनपुरमा बुधबार बिहान ट्रयाक्टर पल्टिँदा १६ जना घाइते भएका छन् । माघे संक्रान्तिको अवसरमा कर्णाली नदीमा नुहाएर ठाकुरद्वारा मन्दिरको दर्शन गरी फर्कने क्रममा लु १ त ७२०० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । हाल कोहलपुरस्थित शिक्षण अस्पतालमा एक र नेपालगन्जमा ३ जना घाइतेको उपचार भइरहेको छ।

ट्रयाक्टरको ट्रलीमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ। यात्रुले खचाखच भरिएको ट्रयाक्टर हुलाकी राजमार्गको मोडमा घुमाउने क्रममा पल्टिएको हो।

ट्रयाक्टर चालक गेरुवा गाउँपालिका—५ का २८ वर्षीय मिठु थारुलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

श्रोतkantipur

ताजा समाचार