पेट्रोल भर्न पम्पमा गएका दुई जनाले चोरे काउन्टरबाट डेढ लाख

Share post:

काठमाडौं– ललितपुर, महालक्ष्मी नगरपालिका(४ वोझेपोखरी बस्ने कुरजी चौधरीको घरबाट नगद र सुनका बिभिन्न गहना गरी करिब ५ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।

सोही घरमा डेरा गरी बस्ने लक्ष्मी पहरीको कोठाबाट करिब १ लाख १० हजार रुपैयाँ र चौधरीको कोठाबाट करिब ४ लाख ६५ हजार रुपैयाँ गरी उक्त रकम बराबरको धनमाल चोरी भएको हो ।

रुपन्देही, रोहीणी गाउँपालिका(३ परासीझुंगास्थित मिलन ब्रदर्श पेट्रोल पम्पको काउण्टरबाट नगद १ लाख ५० हजार रुपैयाँ मंगलबार बेलुका चोरी भएको छ । २ वटा पल्सर मोटरसाइकलमा आएका २ जना ब्यक्तिहरुले पेट्रोल भर्ने क्रममा काउण्टरमा रहेको सो नगद चोरी गरेका हुन् ।

चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

श्रोतkhabarhub

ताजा समाचार