एक यात्रुवहाक विमानले आपतकालीन अवतरणका लागि उडिरहेका बेला एक विद्यालयको मैदानमा इन्धन खसालेको छ। विमान स्थलबाट २६ किलोमिटर पूर्वमा रेहेको एलिमेन्टरी विद्यालयमा इन्धन खसालिएको हो। जसमा १७ विद्यार्थी घाइते भएका छन्।
इन्धन शरीरमा परेर बालबालिका र केही युवाहरुमा छाला र श्वासप्रश्वासको समस्या देखिएको छ। डेल्टा वायुसेवाको त्यो विमानको इन्जिनमा अचानका समस्या आएको कारण विमानस्थल फर्किएको थियो।
विमानले इन्धन खसालेको समयमा दुई कक्षाका विद्यार्थी मैदानमा उपस्थित भएको अनुमान गरिएको छ।
अमेरिकी विमान स्थलबाट आवतजावत गर्ने विमानका लागि इन्धन पोख्ने सम्बन्धमा विशेष नियमको व्यवस्था गरिएको छ।
उड्ययन कानुन अनुसार आपत्तकालीन अवस्थामा उडिरहेका विमानले इन्धन खसाल्न पाउँछन्। तर यो नियमले तोकिएको उचाइबाट निश्चित स्थानमा बाहेक अन्य स्थानमा इन्धन खसाल्न पाइदैन।