महेन्द्रनगर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पहलमा देश भर आज पाँचौ राष्ट्रिय योग दिवस मनाइरहेका छन् ।
कञ्चनपुरमा पनि राष्ट्रिय योग दिवस मुल समारोह समितिको आयोजनामा विविध कार्यक्रम गरी योग दिवस मनाइदै छ ।
प्रमुख जिल्ला अधिकारी शुशिल वैद्यको अध्यक्षता र पतञ्जलि योग समिति नेपालका केन्द्रिय सदस्य लवराज भट्टको प्रमुख आथित्यतामा विभिन्न कार्यक्रमका विच योग दिवस मनाइदै छ ।
जिल्ला स्थित महेन्द्रनगर बजार परिक्रमा, योग प्रशिक्षण, योग सम्वन्धि अन्तक्रिया लगाएतका विविध कार्यक्रम गरी योग दिवस मनाईरहेका राष्ट्रिय योग दिवस मुल समारोह समितिले जनाएको छ ।
कार्यक्रमकमा नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी, विद्यार्थी, विभिन्न संघ संस्थाका प्रतिनिधि,पतञ्जलि योग समिति कञ्चनपुरका सदस्य, लगाएतको उपस्थिति रहेको छ ।