जङ्गलमा लुकेर तास खेल्न ५ जना प्रहरीको नियन्त्रणमा, १५ जनाको खोजी कार्य जारी

विज्ञापन

Share post:

काठमाण्डौँ । इलाका प्रहरी कार्यालय बनेपाको टोलीले बनेपा नगरपालिका–९ मगरगाउँमाथिको जङ्गलमा तास खेलिरहेको अवस्थामा नगद र सवारी साधनसहित पाँच जलाई निनायन्त्रणमा लिएको छ ।

जङ्गलमा गएर लुकेर तास खेलिरहेको अवस्थामा बुधबार बेलुका पाँच जनालाई नियन्त्रणमा लिनुका साथै नगद एक लाख ६२ हजार २० रुपैयाँ, चार स्कुटर, ११ मोटरसाइकल, एउटा कार र ११ बुक तास बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन्।

उनले फरार रहेका १५ जनाको खोजीकार्य जारी रहेको र दुई वटा चेकबुकसमेत बरामद भएको बताए। पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत कारवाही हुने प्रहरीले जनाएको छ।

श्रोतsetopati

ताजा समाचार