परशुराम मेला हेर्न आएका युवक मृत अवस्थामा फेला

Share post:

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाँउ संगमटोलस्थित बुधबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन्।

मृत अवस्थामा फेला पर्नेमा भीमदत्त नगरपालिका–१० कञ्चनपुरका २८ वर्षीय दीपक गिरी रहेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रमुख प्रहरी निरिक्षक जनकबहादुर मल्लले जानकारी दिए।

परशुराम मेला हेर्न आएका उनी गएराति २ चोटी बेहोस भएका र सामान्य अवस्थामा फर्केपछि स्थानीय अम्मर नाथको घरमा सुताइएको र बिहान ब्युझाउन जाँदा मृत अवस्थामा फेला परेका थिए।

मृतक व्यक्ति उच्च रक्तचापको औषधिसेवनकर्तासमेत रहेको परिवार स्रोतले जनाएको छ। मृतकको शवको पोष्टमार्टमका लागि जोगबुडा अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

श्रोतthahakhabar

ताजा समाचार